लुम्बिनी मुख्यमन्त्री आचार्यले भदौको ४ गते विश्वासको मत लिनुहुने

बुधबार, साउन ३०, २०८१

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनु हुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो ।

बंगलाचुली गाउँपालिका

प्रदेशसभाले बुधवार सुचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १:०० बजे बैठक आह्वान गरेको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो ।

साउन ७ गते मुख्यमन्त्री बनेर ९ गते सपथ ग्रहण र पदभार ग्रहण गर्नु भएका मुख्यमन्त्री आचार्यले सरकारलाई पूर्णता दिन सक्नु भएके छैन । एमाले र कांग्रेसबाट ४र४ मन्त्री नियुक्त गरेपनि अझै ३ मन्त्रालय खाली रहेका छन् ।

सत्ता गठवन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दवाव मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दलहरुलाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थीतिमा हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्