शेयर बजार ३४.२९ अङ्कले बढ्यो, २३ अर्ब ४३ करोड रुपैयाँको कारोबार

बुधबार, साउन ३०, २०८१

दाङ  - शेयर बजार दोहोरो अङ्कले बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ३४ दशमलव २९ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज जीवन बीमा, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, विकास बैंक, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १० वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १२ लाख कित्ता शेयर २३ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन रि–इन्सुरेन्स ८६ करोड र शिवम् सिमेन्ट्सको ८४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्