दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु आमा घम्भीर घाइते

बुधबार, साउन ३०, २०८१

दाङ - दाङमा सर्पको टोकाईबाट  एक जा बालकको मृत्यु भएको छ भने अर्का एक  जना महिला घाइते भएको छन् ।  दाङको घोराही उपमहानगरपालिका वडा नं. ६ गुरुवागाउँमा गएको राती  ०१ः ०० बजे सुतिरहेको अवस्थामा बिषालु करेत सर्पको टोकाइबाट  ६ वर्षीय इन्दु चौधरीको  मृत्यु भएको छ भने  ३५ वर्षीय  आस्मा चौधरी घाइते भएको छिन् ।

बंगलाचुली गाउँपालिका

मृतक बालिका र घाइते महिला आमाछारी हुन् ।

सर्पले टोकेपछि अस्पताल लैजानुको सट्टामा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा ६ बर्षीय बालिकको मृत्युको भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । सर्पको टोकाइबाट  घाइते भएका बालिकाको आमाको राप्तीस्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको ।     

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्