भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

सोमबार, साउन २८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ
शिष्टाचार भेटका लागि नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव  मिस्रीले आइतबार अपराह्न प्रधानमन्त्री ओलीसँग भेटगर्नु भएको थियो ।  

भारतीय विदेश सचिवसँगको भेटमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिइन् ।

सोमबार बिहान विदेश सचिव मिस्रीले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्