आज सोमबार भगवान शिवको विशेष दिन

सोमबार, साउन २८, २०८१
दंगीशरण गाउँपालिका

दाङ - आज २०८१ साल साउन २८ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १२ तारिख । साउन शुल्क पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय युवा दिवस । गोरखकाली पूजा ।आज साउन महिनाको अन्तिम सोमबार ।

बबइ गाउँपालिका

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्