माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला (बिज्ञापन सहित)

शिक्षक सेवा आयोगले खोल्यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन
शनिबार, साउन २६, २०८१

दाङ - शिक्षक सेवा आयोगले  माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । आयोगको साउन २४ गतेको निर्णय अनुसार  माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरिएको छ ।

बंगलाचुली गाउँपालिका

न्यूनतम शैक्षिक योग्यता पुगेका र तालिम पुगेका इच्छुक उम्मेदवारहरुले २०८१  साउनको  २६ गते देखि  २०८१ भाद्रको २३ गतेसम्म दरखास्त पेस गर्नुपर्ने छ । त्यस्तैगरी दोब्बर  दस्तुर बुझाए  भाद्र ३० गते सम्म  दरखास्त पेस  गर्नुपर्ने छ

शिक्षक सेवा आयोग नियमावली संशोधनसहित २०५७ को नियम ९ को उपनियम ९१० को खण्ड (ग) र नियम ९ को उपनियम ७ बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता र  र तोकिए बमोजिमको तालिम प्राप्त गरेका  इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन  मा गई  दरखास्त प्रणाली मार्फत अनलाइन  https://license.tsc.gov.np लगइन गरी  दरखास्त फाराम  भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरु राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन, संशोधन तथा थपघट गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ । परीक्षा सञ्चालन  २०८१ कार्तिक  १० गते दिउँसो १ः०० बजे  हुनेछ । 

विज्ञापन यस्तो रहेको छ :

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २३:२१
प्रतिक्रिया दिनुहोस्