दाङमा बौलाखोलाले बगाउँदा एक बालकको मृत्यु

शनिबार, साउन २६, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ -  दाङमा  खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. २ २ विष्णुपुर निवासी कोमल विष्टका अन्दाजी ११ बर्षीय छोरा अनिस विष्ट रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

शनिवार दिउँसो साढे २ बजे तिर बौलाखोलामा साथीहरूसंग नुहाउदै गरेको अवस्थामा एक्कासी खोला बढेर उनलाई बगाएको हो । साँझ ५ बजे तिर प्रहरीलाई खवर आएपछि घटना स्थलमा खोजी कार्य गर्दा शान्तिनगर ५ रगैजा सिचाईबाँधमा बालक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख थापाले बताउनु भयो । बालकको पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्