अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली

शनिबार, साउन २६, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ ।

बंगलाचुली गाउँपालिका

ठैँटीस्थित धर्म कीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय ९गृहस्थ जीवन० सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया  र परोपकार भाव धेरै आवश्यक भएकाले बुद्धका शिक्षाहरू थप सामयिक भएको बताउनुभएको हो । प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका थिए ।

खराबी उन्माद, आक्रोश र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवीयता र आत्मीय भाव देखाउन सकिए विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आज विश्वमा मानवीय उन्माद र स्वार्थ प्रेरित व्यवहारका कारण अशान्ति मच्चिएको छ । आफ्नो जिद्दीका लागि निर्दोष मान्छेमाथि पनि कस्ले कतिबेला कहाँ सशस्त्र हतियार प्रहार र प्रतिप्रहार गर्ने हो भन्ने खालको भय पैदा भएको छ । त्यसको अन्त्यका लागि बुद्ध मार्गको अनुशीलन उपयोगी हुन्छ ।’’ । उहाँले परस्पर बेमेल र अशान्ति गर्ने प्रवृत्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनाश मात्रै निम्त्याउने धारणा राख्नुभयो ।

कार्यक्रममा बिहारका प्रमुख धम्मवती गुरुमाँले प्रधानमन्त्री ओलीलाई आरोग्यसहित नेपाललाई राम्रो बाटोमा लान सक्नुहोस् भनी कामना गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्