बंगलाचुलीद्वारा एकघर एकधारा कार्यक्रम सहलगानीमा संचालन गर्ने प्रस्ताव अनुमोदन

बुधबार, माघ १७, २०८०

दाङ -  दाङको बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले एकघर एकधारा कार्यक्रम नेपाल सरकार, खानेपानी मन्त्रालय, सिंहदरबार काठमाडौं र गाउँपालिकाको सहलगानीमा संचालन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । गाउँपालिकाले अब खानेपानी मन्त्रालय संग सहलगानिमा एकघर एकधारा कार्यक्रमलाई संचालन गर्ने बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

त्यसैगरी बैठकले बंगलाचुली गाउँपालिकाको बैकल्पिक मार्गको रुपमा निर्माण हुँदैगरेको सडकको ओखलढुङ्गिमा वलास्टिङका लागि नेपालि सेना द्वारा सामान खरिदका लागि गरिएको प्रस्ताब अनुमोदन गर्ने निर्णय गरिएको छ । प्रवक्ता विश्वकर्माका अनुसार बैठले तराइ मधेश समृद्धि कार्यक्रमका लागि बंगलाचुली ५ कुडुलेमा रहेको विद्यालयलाई छनोट गरेको छ ।

बैठकले बंगलाचुली गाउँपालिका योजना अनुगमन शाखाबाट पेश भएको योजना संचालन, अनुगमन तथा मूल्यांकन सम्बन्धि कार्यविधि, २०८० माथी छफल गर्दै पास गरेको छ । त्यसैगरी बैठकले गाउँपालिकाको प्रशासनिक भवन तथा प्रस्तावित बंगलाचुली अस्पताल भवन भित्र आएको समस्याको प्राविधिक अध्ययन गराउने निर्णय गरेको प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । बैठकले अन्य विविध विषयका निर्णयहरु समेत गरेको उहाँले बताउनुभयो ।

बैठक गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसी,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल तथा कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्