गायक श्याम कुमारको नयाँ तीज गीत कानैको झुम्का सार्वजनिक

शुक्रबार, साउन २५, २०८१

दाङ - नेपाली महिलाहरुको  महान पर्व हरितालिका तीज नजिकिएकँगै  डिजिटल बजारमा  नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यस्तैगरी दङगाली नव गायक श्याम कुमार वि.सी र गायिका टिका पुन मगरको स्वरमा नयाँ तीजको गीत कानैको झुम्का सार्वजनिक भएको  छ ।

बंगलाचुली गाउँपालिका

यस गीतमा गायक वि.सी को शब्द, संगीत र पूर्ण सम्योकको एरेन्ज रहेको छ । गीतमा वर्षमा एक पटप आउने हरितालिका तीज पर्वमा रमाइलो गरी मनाउनु पर्छ भन्ने भाव रहेको छ ।

त्यस्तैगरी अभिशेक मल्ल, बिमला थापा मगर,सुलभ पौडेल,संजीता मगर,सुरेस कुशुमाया,झरणा विश्वकर्मा,सुरज विश्वकर्मा र श्रेपालीको अभिनय रहेको गीतको म्यूजिक भिडियोमा श्याम चौधरीको छायाङकन अभिशेक मल्लको सम्पादन,र जीवराज चौधरीको सह–सम्पादक , कोरियोग्राफी अभिशेक मल्लले गरेको हुन् ।  भिडियोलाई भानु के.सीले निर्देशन गरेको हुन भने नृत्य निर्देशन अभिसेक मल्लले गरेको हुन् ।

सुसेली म्यूजिक प्रा.लि को निर्माण रहेको यस गीतको भिडियोलाई सुसेली म्यूजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

https://youtu.be/B2pIVplumnY

 

 

 

प्रतिक्रिया दिनुहोस्