कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाउनु भयो विश्वासको मत

मंगलबार, साउन २२, २०८१

दाङ - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

बंगलाचुली गाउँपालिका

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलको पक्षमा नेकपा एमालेका नौ र नेपाली कांग्रेसका १४ गरी २३ जना सांसदले मत दिए । त्यस्तैगरी उहाँको प्रस्तावको विपक्षमा नेकपा (माओवादी) केन्द्रका १३ र नेकपा (एकीकृत समाजवादी) का एक गरी १४ जना सांसदले मत दिए । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट चाहिन्छ ।

मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो । साउन ७ गते सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिनुभएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्