ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

मंगलबार, साउन २२, २०८१
गढवा गाउँपालिका  २०८१सालकाे शुभकामना

दाङ - कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजाअनुसार १३.५ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

शान्तिनगर गाउँपालिका  २०८१सालकाे शुभकामना
आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उत्पादनमूलक क्षेत्रका लागि एचआरडी कोरियाले २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन गरेको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । जसमध्ये आठ हजार ९६५ जना मात्र उतीर्ण भएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । उतीर्ण भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे पछि जानकारी दिइने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्