सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग

सोमबार, साउन २१, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गर्नु भएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज सोमबारका दिन  प्रतिनिधिसभाको  बसेको बैठकको शून्य समयमा उहाँले सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गर्नु भएको भयो ।  

‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने लोकतान्त्रिक पद्धतिलाई पालन गर्न(गराउन सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ पाण्डेले भन्नु भयो । 

सार्वजनिक लेखा समितिको संयोजक हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल रहनु भएको छ । 

उहाँ यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि समितिको संयोजक हुनुुथियो । तत्कालीन समयमा पनि एमाले सरकारमा सहभागी थियो ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्