प्युठानमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

बुधबार, माघ १७, २०८०

प्युठान - प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेको छ । होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको  प्रहरीले जनाएको छ ।

बंगलाचुली गाउँपालिका

बुधबार बिहान ७ बजे बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशु जीवित रहेको र अहिले जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।

कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्