काभा महिला भलिबल लिगमा नेपालको पहिलो हार

काभा महिला भलिबलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित
सोमबार, साउन २१, २०८१

दाङ - काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार बेहोरेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो ।

बंगलाचुली गाउँपालिका

नेपाललले पहिलो सेट १६–२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई १–१ को बराबरीमा पुर्‍यायो ।  तेस्रो सेटमा इरानले २५–२३ ले जित्यो भने चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।  पाँचौ सेटमा फेरि इरानले १५–१३ ले जित्दै नेपाललाई हराएको थियो ।

इरानले ४ खेलबाट ७ अङ्क बनाउँदा नेपालले ३ खेलबाट ६ अङ्क बनाएको छ । भारतसँग ७, श्रीलङ्कासँग ४ र माल्दिभ्स अङ्क विहिन छ । हिजो भएको पहिलो खेलमा माल्दिभ्स श्रीलङ्कासँग हारेसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो ।

नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । लिग चरणको अन्तिम दुई खेल आज हुँदैछ । आज श्रीलङ्का र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्