कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

आइतबार, साउन २०, २०८१

सुर्खेत -  कर्णाली प्रदेशका नवनियुक्त  शपथ लिनु भयो । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बंगलाचुली गाउँपालिका

उहाँहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउनु भएको । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बन्नु भएको छ ।

मन्त्रीका लागि उनीहरूको नाम शुक्रबार नै पठाइएपनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाउनु भएको थिएन् ।

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने हुनु भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्