दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

आइतबार, साउन २०, २०८१

दाङ -  दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

आज बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा मृत्युु भएको हो ।

बस्नेत घोराही उपमहानगरपालिका वडा नमवर ९ मछाही घर भएका र हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बसोबास गर्दै आएका थिए ।

घाइते बस्नेतको उपचारक्रममा ८:४५ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्