लुम्बिनीका मुख्यमन्त्री आचार्यले ल्याए बुटवलमा सम्पर्क कार्यालय पुनः सञ्चालनमा

आइतबार, साउन २०, २०८१

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याउनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ आन्तरिक राजश्व कार्यालयको भवनमा २०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाउनु भएको थियो ।

बंगलाचुली गाउँपालिका

दाङको देउखुरीमा स्थायी राजधानीमा सबै मन्त्रालय स्थापना भए पनि पहिले बुटवलमा रहेका कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको सरकारी पक्षको भनाइ छ । तर विपक्षीले दाङमा स्थायी राजधानी बनाउने निर्णयको विरुद्धमा मुख्यमन्त्री लागिरहेको भन्दै आलोचना गरेका छन् ।

मुख्यमन्त्री आचार्यले शुक्रवार नियमित बुटवल जाने र शनिवार त्यही बसेर आइतवार मात्रै प्रदेश स्थायी राजधानी दाङ फर्किने गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्