दाङमा खोलाले अटोलाई बगाउँदा बेपत्ता महिलाको शब फेला

शनिबार, साउन १९, २०८१

दाङ - दाङमा अटोलाई खोलाले बगाउँदा वेपत्ता भएका दुई जनामध्ये एक जनाको शब फेला परेको छ । गएराती तुलसीपुर उपमहानगरपालिका–४ र ७ को सिमानमा पर्ने बेतने खोलाले अटो बगाउँदा बेपत्ता भएकी तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका ५५ वर्षकी सीता आलेको शब आज बिहान फेला परेको हो ।

बंगलाचुली गाउँपालिका

उहाँको शब घटनास्थलदेखि करिब १५ किलोमिटर टाढा ग्वारखोला तुलसीपुर–१५ मलवारमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

अटोसंगै बगेकी सुर्खेत घर भई हाल तुलसीपुर–४ खाद्रेमै मामाघरमा बस्ने १७ वर्षिय मन्जु खड्काको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उहाँको अहिले पनि प्रहरी, जनप्रतिनिधि र स्थानीयले खोजि गरिरहेको तुलसीपुर–७ का अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो ।

शुक्रबार राती करिब सवा ८ बजेको समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाएको हो । अटोमा पाँच जना सवार रहेको र चालकसहित तीन जना सकुशल उत्रन सफल भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार अटो चालक तुलसीपुर–४ खाद्रे ४६ वर्षका हरीकिशन बिक, सोहि ठाउँका अन्दाजी ३४ वर्षको सुनिता थापा र ७ वर्षका सुशान्त आले सकुशल उत्रन सफल हुनुभएको हो ।
       

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्