एकदिवसीय श्रृङ्खला : भारत र श्रीलंकाबीचको पहिलो खेल बराबरीमा सकियो

शनिबार, साउन १९, २०८१

दाङ - भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा सकिएको छ । शुक्रबारबाट सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको हो ।

बंगलाचुली गाउँपालिका

भारतका लागि रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए । त्यस्तै अक्षर पटेलले ३३ ,केएल राहुल ३१ , शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीनरतीन विकेट लिए ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो । श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरे । ६५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै पाथुम निसान्काले ५६ रन जोडे । वानिन्दु हसरंगाले २४ रन जोडे । बलिङतर्फ भारत अक्षर पटेल र अर्सदिप सिंले २/२ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्