दाङमा अटोरिक्सा बगाउँदा दुई जनालाई खोलाले बगायो 

शुक्रबार, साउन १८, २०८१

दाङ - दाङमा अटोमा चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर तुलसीपुरबाट खाद्रे तर्फ जाँदै गर्दा कालाखोला अन्तर्गत बेतनीमा बगाउँदा दुईजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभया ।

बंगलाचुली गाउँपालिका

तुलसीपुर उपमहानगरपालिका वडा नं.४ खाद्रे तर्फ जाँदै गर्दा अटोबाट बगाएको हो । अटोमा सवार ५ जना मध्ये तीनजना सकुसल छन् । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ। नियमितको बर्षाले गर्दा दाङका नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्