गोरखा मा.वि तुलसीपुर जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल

शुक्रबार, साउन १८, २०८१

दाङ - दाङको तुलसीपुरस्थित रहेको गोरखा सेकेन्डरी स्कुलले कक्षा १२ को परीक्षामा ब्यबस्थापन संकाय तर्फ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

बंगलाचुली गाउँपालिका

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको गोरखा सेकेन्डरी स्कूलले जानकारी दिएको छ I

गोरखा सेकेन्डरी स्कुल तुलसीपुर, कक्षा १२ मा अध्ययनरत कोमल केसीले ३.८५ जीपीए ल्याएर जिल्ला प्रथम भएकी छिन् । यो सहित विद्यालयले लगातार तीन बर्षसम्म जिल्लामै उत्कृष्ट हुन सफल भएको हो ।

विद्यालयबाट ब्यबस्थापन संकायमा ‘ए प्लस’ ल्याउनेमा ३५ जना, ‘ए’ ग्रेड ल्याउनेमा १२० जना, वि प्लस ५३ जना र ‘वि’ ग्रेडमा ४ जना उत्र्तीण भएका छन् । त्यस्तै उतिर्ण विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्री सफलताको शुभकामना पनि दिएको छ ।

त्यस्तैगरी विज्ञान संकायमा ‘ए प्लस’मा ५ जना, ‘ए’ ल्याउनमा १६९ जना, वि प्लसु ल्याउने ४६ जना, विु ल्याउने १ जना रहेका छन् ।

कक्षा १२ को गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको यस्तो छ नतिजाः

Gorkh-se-result-tpr-1722606322.png
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्