सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले दिनुभयो राजीनामा

शुक्रबार, साउन १८, २०८१

धनगढी - सुदूरपश्चिम प्रदशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिनु भएको छ ।

बंगलाचुली गाउँपालिका

मुख्यमन्त्री सोडारीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको कार्यसूची निर्धारण गरेको थियो । तर सोडारीले मन्तब्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्ग प्रशस्त गरेको घोषणा गर्नु भएको थियो ।

मन्तब्य लगत्तै राजीनामा बुझाउन उहाँ प्रदेश प्रमुखको कार्यालय जानु भएको छ । एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी ९रंजिता श्रेष्ठ समुह० र एक जना स्वतन्त्र सांसदको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्री नियूक्त भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले करिब एक सय दिन सरकारमा बस्दा निकै उतारचढावको सामना गर्नु परेको छ ।

उहाँलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले बजेट पारित हुनु अगावै साथ छाडेपछि बजेट ल्याउन नसकेको सबैभन्दा ठूलो आरोप सोडारीमाथि छ । तर सोडारीले भने बजेट प्रस्तुत गरेका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पाल स्वयं र उनको पार्टी एमालेले आफ्नो जिम्मेवारी पुरा नगरेका कारण बजेट ल्याउन नसकिएको दाबी गरे ।

उहाँले आफुलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनु भयो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्