प्रधानमन्त्री ओली क्याबिनेटले पायो पूर्णता, तीन राज्यमन्त्रीले लिए सपथ

शुक्रबार, साउन १८, २०८१

काठमाडौं -   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीनजना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बंगलाचुली गाउँपालिका

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन् ।

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ रहेका छन् ।

सपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त भएका थिए । यसअघि असार ३१ गते ओलीसहित मन्त्रिपरिषद्का २२ जना सदस्यले सपथ लिएका थिए ।

अघिल्ला सरकारका पालामा ढल्ने बेलासम्म सरकारले पूर्णता पाउने गरेका थिएनन् । तर नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले साना दललाई पनि मिसाएर दुई पटकमै सरकारलाई पूर्ण आकारको बनाउन सफल हुनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । सोमबार नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका हुन् ।

असार ३१ मा ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शपथ लिनु भएको थियो।

त्यसैगरी, उहँ नेतृत्वको सरकारमा १९ मन्त्रीले पनि त्यही दिन शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले ओली लगायत मन्त्रीहरूलाई शपथ ग्रहण गराउनु भएको थियो ।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले त्यसबेला मन्त्री पठाएका थिए । यस पटक नागरिक उन्मुक्ति पनि मिसिएर क्याबिनेटले पूर्णता पाएको छ ।  प्रधानमन्त्रीओली नेतृत्वको क्याबिनेट पूर्ण २५ सदस्यीय भएको छ ।

 

प्रधानमन्त्रीओली नेतृत्वको क्याबिनेट

 केपी शर्मा ओली  प्रधानमन्त्री
 प्रकाशमान सिंह  उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
 विष्णु पौडेल  उपप्रधानमन्त्री तथा अर्थमन्त्री
 पृथ्वी सुब्बा गुरुङ  सञ्चारमन्त्री
 रमेश लेखक  गृहमन्त्री
 शरदसिंह भण्डारी  श्रम, रोजगार तथा सामाजिक सुरक्षा
 डा. आरजु देउवा  परराष्ट्रमन्त्री
 बलराम अधिकारी  भूमि व्यवस्था मन्त्री
 दामोदर भण्डारी  उद्योग मन्त्री
१०  नवलकिशोर शाह  महिला तथा बालबालिकामन्त्री
११  देवेन्द्र दाहाल  भौतिक पूर्वाधारमनत्री
१२  तेजुलाल चौधरी  युवा तथा खेलकुदमन्त्री
१३  प्रदीप पौडेल  स्वास्थ्य तथा जनसंख्यामन्त्री
१४  अजय चौरसिया  कानूनमन्त्री
१५  बद्रीप्रसाद पाण्डे   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
१६  रामनाथ अधिकारी  कृषिमन्त्री
१७  विद्या भट्टराई  शिक्षामन्त्री
१८  मानवीर राई  रक्षामन्त्री
१९  दिपक खड्का  उर्जामन्त्री
२०  राजकुमार गुप्ता  संघीय व्यवस्थामन्त्री
२१  ऐनबहादुर शाही ठकुरी  वनमन्त्री
२२  प्रदीप यादव  खानेपानीमन्त्री
२३  अरुणकुमार चौधरी  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
२४  रुपा विक  वन तथा वातावरण राज्यमन्त्री
२५  पूर्णबहादुर तामाङ  ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री
     

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्