काभा बिच भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

शुक्रबार, साउन १८, २०८१

काठमाडौं -  भुटानको थिम्पुमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ । थिम्पुको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २–० को सेटमा हरायो ।

बंगलाचुली गाउँपालिका

कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१–५ र २१–४ ले पराजित गरेको हो । महिलातर्फ पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले हराएको थियो ।

त्यस्तैगरी पुरुषतर्फ बिहान भएको खेलमा नेपालले भुटानको ‘बी ’ टिमलाई हराएर पहिलो जित निकाल्यो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्