गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

शुक्रबार, साउन १८, २०८१

दाङ  - गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ का ३५ वर्षीय हरिबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

हिजो बेलुका घर नजिकै आफ्नो बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई अरिङ्गालले टोकेको थियो  । अरिङ्गालले टोकाइबाट घाइते भएका कुँवरलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको थियो ।

उहाँको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्