काभा महिला भलिबलमा नेपालको विजयी शुरुवात

काभा महिला भलिबलमा नेपालले श्रीलङ्कालाई साेझाे सेटमा हरायाे
बिहीबार, साउन १७, २०८१

 काठमाडौँ -   काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।

बंगलाचुली गाउँपालिका

काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जित्यो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । आजको खेलमा नेपालका सुमित्रा रेग्मी र आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । आजै अर्को खेलमा बेलुकी सवा ६ बजे इरान र भारत खेल्दैछन् ।

अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २ गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्