दाङमा घरको सिडीबाट लडेर एक महिलाको मृत्यु

बिहीबार, साउन १७, २०८१

दाङ - दाङको तुलसीपुरमा घरको सिडीबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका ३ घरभइ हाल १ महिना अगाडिदेखि तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाइन स्थित कोठा भाडामा बस्ने चन्द्रवीर परियारकी श्रीमती ४२ वर्षिया तिला परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

विहान पौने ७ बजे लडेर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको मेडिकल कलेज कोहलपुर पुर्याए लगतै बिहान साढे ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्