आईसीसी वरीयतामा सीता राना मगरको ब्याटिङ र अलराउन्डर दुवैतर्फ ५ स्थान सुधार

बुधबार, साउन १६, २०८१

दाङ  - आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयताको ब्याटिङतर्फ नेपालकी सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् ।

बंगलाचुली गाउँपालिका

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीता राना पाँच स्थान सुधार गर्दै ७७ औँ स्थानमा आइपुगेकी हुन् । यो सूचीमा रुबिना क्षेत्री एक स्थान सुधार गर्दै ८५ औँ स्थानमा आइपुगेकी छिन् । महिला टी–२० वरीयताको ब्याटिङतर्फ अस्ट्रेलियाकी बेथ मुने शीर्ष स्थानमा यथावत् छिन् ।

त्यस्तैगरी महिला टी–२० वरीयताको अलराउन्डरतर्फ पनि सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् । उनी पाँच स्थान सुधार गर्दै ५३ औँ स्थानमा आइपुगेकी छिन् । यस्तै नेपालकी कप्तान इन्दु बर्मा एक स्थान सुधार गर्दै ६६ औँ स्थानमा आइपुगेकी छिन् । साथै रुबिना क्षेत्री एक स्थान तल झर्दै ४९ औँ स्थानमा पुगेकी छिन् । यो वरीयतामा वेस्ट इन्डिजकी हेली म्याथ्युज शीर्ष स्थानमा यथावत् छिन् ।

महिला टी–२० वरीयताको बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष सयभित्र अटाएका छैनन् । यो सूचीको शीर्ष स्थानमा इङ्गल्यान्डकी सोफी एक्लेस्टोन शीर्ष स्थानमा यथावत् छिन् ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्