चिराघाट खोलाले बगाउँदा एक जनाको मृत्यु

बुधबार, साउन १६, २०८१

दाङ  -  दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
 आज बुधबार साढे १२ बजेतिर शान्तिनगर ४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसिपुर २ झारगाउँ निवासी ६७ बर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

बंगलाचुली गाउँपालिका

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो । ।तेजबहादुर भाई ६४ बर्षीय भाई चेतबहादुरसंग गएका फर्किने क्रममा खोलाले दुबै दाजुभाईलाई बगाएको थियो ।

तर, भाई चेतबहादुर पौडी खेलेर निस्केका थिए, भने दाई तेजबहादुरलाई १ किलोमिटर तलबाट मृत अबस्थामा उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्