देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, साउन १४, २०८१

दाङ – दाङको   देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा फर्निचरको काम गर्दै आएका पोक्सर बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिनुभयो ।a

बंगलाचुली गाउँपालिका

मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै गर्दा आज बिहान ९:३० बजेको समयमा दुर्घटनामा परेका थिए ।

अमिलिया-लमही सडकखण्डको लमही नगरपालिका -८ असानीमा आफैले चलाएको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको
हो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्