आज साउनको दोस्रो सोमबार, शिवालयहरुमा भक्तजनको भीड

सोमबार, साउन १४, २०८१

दाङ - आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बंगलाचुली गाउँपालिका

सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएका छन् ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्