पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट दोषी ठहर

आइतबार, साउन १३, २०८१

काठमाडौं - सर्वाेच्च अदालतले पूर्वमन्त्री गाेविन्दराज जाेशीलाई भ्रष्टाचार मुद्दामा दाेषी ठहर गरेकाे छ ।

बंगलाचुली गाउँपालिका

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नाै महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।

यसअघि विशेष अदालतले जाेशीलाई अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ जरिबानाकाे फैसला गरेकाेमा सर्वाेच्चले कैद र जरिबाना दुवै घटाउँदै फैसला गरेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्