मलेसियामा एक नेपाली सुरक्षागार्डको निधन

आइतबार, साउन १३, २०८१

क्वालालम्पुर - मलेसियामा एक नेपाली सुरक्षागार्डको निधन भएको छ ।मलेसियाको निलाईमा सुरक्षागार्डमा काम गर्दै आएका बालकृष्ण मगरको असमायिक मृत्यु भएको छ । नेपाल ठेगाना सिन्धुली जिल्ला टाँडि नगरपालिका निवासी धनबहादुर मगर र स्वर्गीय जानुका मगरकी छोरो बाल कृष्ण मगरको असमायिक मृत्यु भएको हो ।

बंगलाचुली गाउँपालिका

मृतक मगर आज भन्दा चार महिना पहिले नेपालको म्यानपावर (relation employment service pvt.ltd. bashundhara chowk kathmandu) मार्फत मलेसियाको (Kami Security Services Sdn. Bhd.) कामी सेक्युरिटी सर्भिस एसडिएन बिएचडीमा काम गर्दै आएका थिए ।

 जुलाई  २६ तारिख शुक्रवारको राती ड्युटीकै समयमा रहेको बेला खाना खाएर एकछिन आराम गर्छु भनेर सुतेका मगर सुत्यासुत्यै भएर करिबकरिब ०१:०० बजे अच्चानक मृत्यु भएको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताए ।

हल मृतक बालकृष्णको शवलाई पोस्टमार्टमको लागि अस्पतालमा लगिएको र उनको घरमा बुवा र श्रिमती रहेको जानकारी प्राप्त भएको छ ।
 

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्