प्रधानमन्त्री ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्छौ : महामन्त्री विश्वप्रकाश शर्मा

आइतबार, साउन १३, २०८१

काठमाडौं - सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ ।

बंगलाचुली गाउँपालिका

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमजोरी भेटिए प्रधानमन्त्री, मन्त्रीहरूबारे पनि संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताउनुभयो । उहाँले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राम्रो काममा सरकारलाई निरन्तर साथ रहने छ । कमजोरी हुँदै गर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरूको बारेमा पनि सार्वजनिक रूपमा र संसद्मा पनि खरो ढङ्गले उभिने अभिव्यक्ति राख्न चाहन्छु ।’

महामन्त्री शर्माले लामो सङ्घर्षबाट आएका कांग्रेस–एमाले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्ने गरी काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्