महिला एसिया कप : भारतलाई हराउँदै पहिलो पटक श्रीलंका च्याम्पियन

आइतबार, साउन १३, २०८१

काठमाडौँ  - बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँलै आयोजक श्रीलंकाले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेले हरायो । 

बंगलाचुली गाउँपालिका

जितका लागि एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८।४ ओभरमा दुई विकेटको क्षतिमा एक सय ६७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकाका लागि हर्सिथा समराविकर्माले सर्वाधिक ६९ रन बनाउनुभयो ।

उहाँले ५१ बलमा ६ चौका र दुई छक्काको सहयोगमा अविजित उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान चामरी आथापाथाथुले ६१ र काभिसा दिलहारीले अविसिजत ३० रन बनाउनुभयो । बलिङमा भारतका दिप्ती शर्माले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । भारतका लागि समित्री मन्दनाले सर्वाधिक ६० रन बनाउनुभयो । रिचा घोषले ३०, जेमिम रोड्रिग्युजले २९, सफाली वर्माले १६ र हर्मानप्रित कौरले ११ रन बनाउनुभयो ।

बलिङमा श्रीलंकाका काभिसा दिलहारीले दुई तथा उवेशिका प्रावोधानी सचिनी निसानसाला र कप्तान चामरी आथापाथाथुले एक एक विकेट लिनुभयो । नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्