कर्णाली करिडोरको कालिकोट सडक खण्ड अवरुद्ध

आइतबार, साउन १३, २०८१

सुर्खेत - कर्णाली करिडोर अन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

बंगलाचुली गाउँपालिका

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो।

पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिनुभयो । सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्