पेरिस ओलम्पिक : प्रिन्स दाहाल पहिलो खेलमा पराजित, स्यान्टु पनि पराजित

आइतबार, साउन १३, २०८१

दाङ - पेरिस ओलम्पिकअन्तर्गत नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका छन् । गएराति भएको समूहको पहिलो खेलमा प्रिन्स सोझो सेटमा पराजित भए ।

बंगलाचुली गाउँपालिका

समूह ुपीु मा रहेका प्रिन्स विश्व बरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ स्कोरसहित पराजित भएका हुन् । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ । त्यसअघि हिजो भएको टेबल टेनिस खेलमा नेपालका स्यान्टु श्रेष्ठ पनि सोझो सेटमै पराजित हुँदै बाहिरीएका छन् ।

सेनगलका खेलाडी इब्राहिमा डियावसँग सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो । पहिलो सेट १२–१० ले गुमाएका स्यान्टुले दोस्रो सेट ११–३, तेस्रो सेट ११–४ र चौथो सेट ११–५ ले गुमाए । स्यान्टु छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्