निति तथा समाबेशीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम रुन्टीगढी गाउँपालिकामा सम्पन्न

शुक्रबार, साउन ११, २०८१

रोल्पा - सरकारी अनुदानको प्राबधान निति र समाबेशीकरण सम्बन्धी सरोकारवाला पक्षहरु संग अन्तरक्रिया कार्यक्रम रुन्टीगढी गाउँपालिकामा सम्पन्न भएको छ । डिकोस द्वारा संचालित समुन्नति परियोजना र समुन्नति डिजिटल फाइनान्सको प्राबिधिक सहयोगमा रुन्टीगढी गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । 

बंगलाचुली गाउँपालिका

समुन्नति परियोजना र गाउँपालिकाको निति र रणनिति योजना कार्यक्रम निमार्ण तथा कार्यन्वयन सरकारी अनुदान,सहुलियत कर्जा र पशु यंवम बाली बीमाका बारेमा सरोकारवाला निकायका बिच अन्तरक्रिया गरिएको हो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला निकाएहरुको सहभागीता रहेको थियो । कार्यक्रममा निति कार्यक्रम योजना निर्माण तथा कार्यन्वयन कसरी गरिन्छ कसरी गर्ने किसानले सहुलियत कर्जा कसरी प्राप्त गर्न सक्छन यसका प्राबधान के के हुन्छन । त्यस्तै पशु बीमा तथा बाली बीमा कसरी गरिन्छ र यस्का प्राबधान के के हुन्छन भन्ने बारेमा अन्तरक्रिया भएको हो ।

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले रुन्टीगढीमा गाउँपालिकाले पशु बीमा तथा बाली बीमा सत प्रतिसत निशुल्क गरिएको र कृषिमा आधारित वीउ बिजन र मेसनरी समान पनि ५० प्रतिसत अनुदानमा दिदै आएताको बताउनु भयो । तर सहुलित कृषि कर्जा भने किसानले पाउन नसकेको बताउनु भयो । यसको कारण पहिले सहुलियत कर्जा लिएर सही सदुपयोग नगरि कर्जा तिर्न नस्दा त्यसको प्रभाव इमानदार कृषकलाइ समेत परेको बताउनु भयो ।

निति र रणनिति योजना कार्यक्रम के हो यस्ले के गर्छ यसबाट के फाइदा पुग्छ यो भयो भने के हुन्छ  भन्ने बारेमा सहजिकरण डिकोसका लै.स.सा.स अधिकृत दिलकुमारी बुढामगरले गर्नु भएको हो । त्यस्तै सहुलियत कर्जा कसरी कहाँबाट पाउन सकिन्छ बीमा कसरी गर्ने बिमाका फाइदा के के हुन्छन बीमा गर्दा के हुन्छ भन्ने बारेमा सि एम एफ नेपालका भान देव पन्तले गनु भएको थियो । कार्यक्रमको सहजिकरण समुन्नति परियोजनाका सामाजिक परिचालक यादव गिरीले गर्नु भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्