कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

शुक्रबार, साउन ११, २०८१

काठमाडौं - कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता) ले  जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

उहाँकाअनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ । मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।

यही साउन २ गतेदेखि भने स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै उपमेयर शाक्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो ।

नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्