सेयर बजार ३२.०२ अंकले बढ्यो, १४ अर्ब १३ करोड रुपैयाँको कारोबार

बिहीबार, साउन १०, २०८१

दाङ- साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब २० करोडको भएको थियो । यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो ।

बैंकिङ १.३६, फाइनान्स १.२२, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २.९५ तथा व्यापार समूहको सूचक ०।८१ प्रतिशत बढ्यो ।

अन्य ०.३३, लगानी ०.७३, हाइड्रोपावर ०.१० र विकास बैंक समूहको सूचक ०.३५ प्रतिशत घट्यो । उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्