अब सरकार केन्द्रित होइन, नागरिकमा जाने हो : अध्यक्ष प्रचण्ड

बुधबार, साउन ९, २०८१

काठमाडौं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब सरकार केन्द्रित नभइ आम नागरिकमा जाने बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उहाँले सरकार बाहिर हुँदा अब सङ्गठन बिस्तार गर्ने अवसर मिलेको बताउनुभयो ।

बंगलाचुली गाउँपालिका

उहाँले सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका सैह्य नभएर विचौलियाको पहलमा नयाँ गठबन्धन बनाइएको आरोप लगाउनुभयो । आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले आफूहरू विजेता र सरकारमा गएका पराजित भएको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्