विमान दुर्घटना अपडेट : सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा

बुधबार, साउन ९, २०८१

काठमाडौं - आज बिहान  बुधवारका दिन   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।

बंगलाचुली गाउँपालिका

चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ ।


क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्