त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना,क्याप्टेनलाई जीवितै उद्धार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना
बुधबार, साउन ९, २०८१

काठमाडौं  - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

बंगलाचुली गाउँपालिका

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्धार गरेर अस्पताल लगिएको छ । आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्