सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - एसीसी महिला एसिया कप २०२४ को समूह चरणबाटै नेपाल बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।
समूह ए मा रहेको नेपाली महिला टोली श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा भारतविरुद्ध ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो
टस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा नेपालविरुद्ध विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट गुमाएर ९६ रनमात्रै जोड्न सक्यो ।पालकी ब्याटिङ ओपनर सीता रानामगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८ रन जोडिन् । कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाउँदा विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।
पालका लागि ब्याटिङतर्फ सम्झना खड्का ७, कविता कुँवर ६, डली भट्ट ५, पूजा महतो २, र काजोल श्रेष्ठले ३ रन योगदान गरे । भारतका लागि दिप्ती शर्माले ३, अरुणधिता रेड्डी २, राधा यादव २र२ रेनुका सिंहले १ विकेट लिए ।
पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको भारतका ब्याटिङ क्रमका शीर्ष खेलाडी शफाली बर्माले ८१ र दयालन हेमलताले ४७ रन जोडे । सन्जिवन सजनाले १० र जमिमाहले २८ रन जोडिन् । सजीवन सजनाले १२ बलमा १० र जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रन बनाइन् ।
समूह ए कै पाकिस्तान ३ पनि खेलमा २ जीत र एक हारसाथ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । नेपालले आज भारतसँगको तेस्रो खेलमा पनि पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।