आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

मंगलबार, माघ १६, २०८०

काठमाडौं - सुनको भाउ आज  तोलामा तीन सय रुपैयाँले बढे्को छ ।

बंगलाचुली गाउँपालिका

हिजो तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलाको १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १४ सय २० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्