लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

सोमबार, साउन ७, २०८१

दाङ  - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।

बंगलाचुली गाउँपालिका

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा एमाले र नेपाली कांग्रेसका ५६ सांसदले नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष सोमबार मात्रै दावी पेस गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरिएको थियो । 

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले नेकपा एमालेले गर्ने सहमति भएपछि सोमबार एमालेका उपनेता आचार्यले मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको हो ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रूपमा रहेको नेकपा एमालेसँग २९ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् । 

cm-chetnarayn-1721649751.jpg
 

लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्यले यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्