शेयर बजार सामान्य अङ्कले बढ्यो,अर्ब ९१ करोड ५५ लाख रुपैयाँको कारोबार 

सोमबार, साउन ७, २०८१

दाङ -  साताको दोस्रो दिन आज उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज तीन पटकसम्म २५ सय विन्दु छोएको नेप्से बन्द हुँदा २४ सय ८८ विन्दुमा रोकियो । कारोबार खुलेको २ मिनेटमा, ११ बजेर २२ मिनेटमा र २ बजेर २५ मिनेटमा नेप्से २५ सय विन्दुमा पुगेको थियो ।

आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्