दाङको तुलसीपुरमा करेन्ट लागेर एकजना घाइते

आइतबार, साउन ६, २०८१

दाङ - दाङको तुलसीपुरमा करेन्ट लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१२ क्वाङी निवासी ४० वर्षीय अमर बहादुर घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

उहाँका अनुसार आफ्नै घरको ईनारमा रहेको पानी मोटर झिक्ने क्रममा घर्तीको दुबै हातको हत्केलामा करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्