एसियन कप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा प्रवेश 

मंगलबार, माघ १६, २०८०

काठमाडौँ - एएफसी एसियन कप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्  । कतारमा जारी प्रतियोगितामा हिजो भएको खेलमा जोर्डनले इराकलाई ३–२ गोलले हराएर अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

बंगलाचुली गाउँपालिका

जोर्डनले अब सेमिफाइनल प्रवेशका लागि ताजिकिस्तानसँग  पर्सि फेब्रुअरी २ मा खेल्नेछ । गएराति भएको अर्को खेलमा प्यालेस्टाइनलाई २–१ गोलले हराएर कतार क्वार्टरफाइनलमा पुगेको हो । आज उज्वेकिस्तान र थाइल्याण्ड तथा साउदी अरेबिया र दक्षिण कोरियाबीच खेल हुँदैछ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्